जब ओलीले पठाए बालुवाटारमा यस्तो सन्देश…


ओकेजनता डेस्क
४ माघ २०७८, मंगलवार

काठमाडौं । यतिबेला संसदमा देखिएको अवरोध हटाउनका निम्ति सत्तारुढ दल भन्दा पनि प्रतिपक्षी दल नेकपा एमाले सक्रिय भएको छ । आफ्नो पार्टीले कारबाही गरेका पूर्व एमालेका नेताहरुलाई संसद प्रवेश दिइएको भन्दै एमालेले आपत्ती जनाउँदै आएको छ ।

पूर्वमाओवादीबाट एमालेमा आएका सांसदहरुलाई कारबाही हुने तर एमालेले कारबाही गरेकाहरुलाई संसदमा प्रवेश गर्न दिइने भन्दै एमाले आक्रोशित मुद्रामा देखिन्छ । एमालेका स्थायी कमिटी सदस्य, शेरबहादुर तामाङमा अनुसार एमाले सत्तापक्षसँग वार्ता गर्न तयार छ ।

एमालेबाट विद्रोह गरेर बनेको नेकपा एकीकृत समाजवादी पनि यतिबेला सत्तासीन छ । सोही पार्टीबाट पनि सरकारका तर्फबाट प्रतिनिधि आए एमाले वार्ता र छलफल गर्न तयार भएको तामाङको भनाइ छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका प्रमुख नेताहरुलाई बालुवाटारमा तारन्तार भेटका लागि पठाउने गरेका छन् । मंगलबार पनि एमालेका नेताहरु र प्रधानमन्त्रीबीच भेट भएको छ ।

यतिबेला संसद बस्न सकेको छैन । संसद बस्ने मिति तोकिएपनि कोरोना र अधिवेशनको कारण देखाउँदै स्थगित भइरहेको छ ।

यतिबेला संसदमा देखिएको अवरोध हटाउनका निम्ति सत्तारुढ दल भन्दा पनि प्रतिपक्षी दल नेकपा एमाले सक्रिय भएको छ । आफ्नो पार्टीले कारबाही गरेका पूर्व एमालेका नेताहरुलाई संसद प्रवेश दिइएको भन्दै एमालेले आपत्ती जनाउँदै आएको छ ।

पूर्वमाओवादीबाट एमालेमा आएका सांसदहरुलाई कारबाही हुने तर एमालेले कारबाही गरेकाहरुलाई संसदमा प्रवेश गर्न दिइने भन्दै एमाले आक्रोशित मुद्रामा देखिन्छ । एमालेका स्थायी कमिटी सदस्य, शेरबहादुर तामाङमा अनुसार एमाले सत्तापक्षसँग वार्ता गर्न तयार छ ।

एमालेबाट विद्रोह गरेर बनेको नेकपा एकीकृत समाजवादी पनि यतिबेला सत्तासीन छ । सोही पार्टीबाट पनि सरकारका तर्फबाट प्रतिनिधि आए एमाले वार्ता र छलफल गर्न तयार भएको तामाङको भनाइ छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका प्रमुख नेताहरुलाई बालुवाटारमा तारन्तार भेटका लागि पठाउने गरेका छन् । मंगलबार पनि एमालेका नेताहरु र प्रधानमन्त्रीबीच भेट भएको छ ।

यतिबेला संसद बस्न सकेको छैन । संसद बस्ने मिति तोकिएपनि कोरोना र अधिवेशनको कारण देखाउँदै स्थगित भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्