पृथ्वीजयन्तीमा बिदा नदिएकोप्रति दीपकराज गिरीको आक्रोश


ओकेजनता डेस्क
२७ पुष २०७८, मंगलवार

काठमाडौं । कलाकार तथा चलचित्र निर्माता दीपकराज गिरीले पृथ्वीनारायण शाहको ३०० औँ जन्मजयन्तीमा सरकारले बिदा नदिएकोप्रति आक्रोश व्यक्त गरेका छन् ।

उनले फेसबुक स्ट्याटस लेख्दै पृथ्वीनारायण शाहलाई बिर्सन नसकिने बताएका छन् । उनले भनेका छन्, घोडेजात्रामा बिदा दिने परम्परा कायमै छ होला, पृथ्वी जयन्तीमा बिदा दिने चलन हरायो!! शासकहरूले पुष १ र पुष २७लाइ एउटै आ“खाले हेरेको जस्तो लाग्छ !!!
जुनसुकै बादलाइ प्रतिनिधित्व गरेपनि आजको दिन बिर्सदा पाप लाग्छ कि? हुनत प्रश्न उठ्न सक्छ “धर्म नै नमान्ने लाइ पापको के डर ?”

मान्नेले मानौ नमान्नेले जे सुकै गरुन्

पृथ्वी जयन्ती र एकता दिबसको शुभकामना !!!

सरकारले बिदा नदिएपनि देशप्रेमीहरुले आजको दिनलाई महत्वपूर्ण दिनका रुपमा लिनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्