प्रदेश ५ को राजधानी दाङ ! नेकपाको ह्वीप


ओकेजनता डेस्क
१९ आश्विन २०७७, सोमबार

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर ५ को संसदीय दलले प्रदेशको राजधानी दाङ बनाउने प्रस्तावमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेको छ ।

सोमबार बसेको नेकपा संसदीय दलको बैठकले राजधानी दाङ बनाउने प्रस्तावमा मतदान गर्न सांसदलाई ह्विप लगाएको हो ।

मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा बसेको दलको बैठकले दाङलाई राजधानी बनाउने प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गर्दै सांसदहरुलाई यस्तो निर्देशन दिएको हो ।

बैठकपछि नेकपा प्रदेश ५ का प्रमुख सचेतक भूमिश्वर ढकालले दाङलाई प्रशासनिक राजधानी र बुटवललाई आर्थिक तथा पर्यटकीय राजधानी बनाउने गरी विकास गर्ने लक्ष्यका साथ प्रस्ताव ल्याइएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्