आज पृथ्वी जयन्ती, सार्वजनिक विदा


ओकेजनता डेस्क
२७ पुष २०७८, मंगलवार

काठमाडौं । पृथ्वी जयन्तीको अवसरमा गोरखाका पाँच स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् ।

राष्ट्रनिर्माता तथा नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको तीन सय औँ जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका, भिमसेन थापा गाउँपालिका र अजिरकोट गाउँपालिकाले बिदा दिएका हुन्।

सार्वजनीक सूचना निकाली पालिकाहरुले भब्यरुपमा पृथ्वीजयन्ती मनाउन बिदासहित विभिन्न कार्यक्रमको पनि तयारी गरेका छन् । हामीले यसअघि पनि बिदा दिँदै आएका थियौँ’ गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले भने गोरखाको लागि यो एउटा ऐतिहासिक दिन हो ।’

पृथ्वी जयन्तीको अवसरमा तीन दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरिएको र मंगलबार गोरखा संग्रहालयमा वृहत कार्यक्रम हुने उनले बताए। नेपाल एकीकरणमा सिरानचोक कोट, गोरखा दरबार र पृथ्वी नारायण शाहको सुमधुर सम्बन्ध देखिएकोले सम्झना स्वरुप एकीकरणका महानायक पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा बिदा घोषणा गरिएको सिरानचोक गाउँपालिका अध्यक्ष राजु गुरुङले बताए ।

अन्य पालिकाहरुमा पनि बिविध कार्यक्रम आयोजना गरी पृथ्वी जयन्तीलाई भव्यताका साथ मनाउने जनाएको छ । सार्वजनिक बिदा दिइएका पालिका मातहत रहेको सबै सरकारी कार्यालय, स्वास्थ्य संस्था, वडा कार्यालयहरु बन्द हुनेछ ।

मंगलबार गोरखा संग्रहालयमा वृहत कार्यक्रम हुने उनले बताए। नेपाल एकीकरणमा सिरानचोक कोट, गोरखा दरबार र पृथ्वी नारायण शाहको सुमधुर सम्बन्ध देखिएकोले सम्झना स्वरुप एकीकरणका महानायक पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा बिदा घोषणा गरिएको सिरानचोक गाउँपालिका अध्यक्ष राजु गुरुङले बताए ।

अन्य पालिकाहरुमा पनि बिविध कार्यक्रम आयोजना गरी पृथ्वी जयन्तीलाई भव्यताका साथ मनाउने जनाएको छ । सार्वजनिक बिदा दिइएका पालिका मातहत रहेको सबै सरकारी कार्यालय, स्वास्थ्य संस्था, वडा कार्यालयहरु बन्द हुनेछ ।

प्रतिक्रिया दिनुहोस्