मर्छु भन्दै घरबाहिर गएको पुरुष प्रेमिकासँग…


ओकेजनता डेस्क
१९ आश्विन २०७७, सोमबार

काठमाडौं । कोरोना पोजेटिभ देखिएको र आफू मर्न लागेको भन्दै हराएका पुरुष प्रेमिकासँग भेटिएका छन् ।

कोरोना पोजेटिभ देखिएको र मर्न लागेको भन्दै २४ जुलाईमा आफ्नी श्रीमतीलाई ढाँटेर घरबाट निस्किएका पुरुष प्रेमिकासँग भेटिएका हुन् ।

नाभी मुम्बईमा बस्ने २८ वर्षीय ती पुरुषले फोन गरेर आफूलाई कोरोना भएको बताएका थिए ।

श्रीमती केही प्रश्नहरू सोध्नुअघिनै फोन काटिएको थियो । लामो समयसम्म श्रीमान् सम्पर्कविहीन भएपछि श्रीमतीले प्रहरीलाई खबर गरेकी थिइन् ।

उनको पत्ता लगाउन प्रहरीले जिल्लाका सबै कोभिड आइसोलेशन सेन्टरमा खोजी सुरु गरेको थियो ।

पुलिसले यस विषयमा अनुसन्धान गर्न सुरु गर्दा उनको हत्या भएको हो भनेरसमेत अनुमान गरिएको थियो ।

तर, लामो समय खोजेपछि उनी इन्दोरमा प्रेमिकाका साथ भेटिए । उनी नाम बदलेर प्रेमिकासँग एउटा भाडाको घरमा बस्दै आएको पत्ता लागेको थियो ।

१५ सेप्टेम्बरमा उनलाई त्यहाँबाट पक्राउ गरी मुम्बई ल्याइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्