माघ १५ गतेसम्म सबै शैक्षिकसंस्था बन्द गर्ने सीसीएमसीको निर्णय


ओकेजनता डेस्क
२५ पुष २०७८, आईतवार

काठमाडौं । कोभिड–१९ संक्रमण बढेपछि माघ १५ गतेसम्म विद्यालय बन्द हुने भएको छ ।

आइतवार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

सरकारले ओमिक्रोन भेरियन्ट तीव्र रुपमा फैलिन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन सबैमा आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओमिक्रोनको बढ्दो संक्रमणलाई ध्यानमा राखि सबै नागरिकलाई आफ्नो ठाँउबाट आवश्यक स्वास्थ्य सावधानी अपाउन आग्रह गरेको हो ।

नेपालमा पछिल्लो पटक प्रतिघण्टा २८ जनामा कोरोना भाइरस संक्रमण हुने गरेको तथ्यांक सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस्