राजधानीको विषयलाई लिएर बुटवल तनावग्रस्त !


ओकेजनता डेस्क
१९ आश्विन २०७७, सोमबार

काठमाडौं । प्रदेश पाँचको राजधानी दाङको देउखुरी राख्ने प्रस्ताव अगाडि बढेका बेला बुटवलमा तनाव बढेको छ ।

यसअघि अस्थायी मूकाम रहेको बुटवलमै राजधानी हुनुपर्ने माग गर्दै नेपाली कांग्रेस सम्वद्ध युवालगायत अन्य सर्वसाधारणहरुले विरोध जनाइरहेका छन् ।

सोमबार मात्रै प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलको गाडीमा युवाहरुले ढुंगामुढा प्रहार गरेका थिए । कुनै पनि हालतमा राजधानी बुटवल हुनुपर्ने उनीहरुको माग छ ।

अहिले बुटवलको सुरक्षा व्यवस्था तैनाथ पारिएको छ । प्रदेशसभा भवन अगाडि बाक्लो मात्रामा सुरक्षाकर्मी उभिएका छन् । बुटवलका विभिन्न चोकहरुमा पाँचजना भन्दा बढी जम्मा नहुन प्रशासनले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्