प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटघाट, प्रधानमन्त्री बालकोट पनि जाने


ओकेजनता डेस्क
२२ पुष २०७८, बिहीबार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच कोरोनाभाइरसको बढ्दो संक्रमणका विषयमा केन्द्रीत रहेर कुराकानी भएको छ ।

बिहीबार साँझ शीतल निवासमा भएको भेटवार्तामा बढ्दो कोरोना महामारीका विषयमा कुराकानी भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार सो भेटमा राष्ट्रपति भण्डारीले नेपालमा पछिल्लो समयमा कोरोना भाइरसको सङ्क्रमण एवं कोरोनाविरुद्धको खोप उपलब्धताको अवस्थाका बारेमा पनि जानकारी लिएकी थिइन् ।

पछिल्लो दिनमा नेपालमा कोरोना संक्रमण बढ्दै गएको छ । यसैबीच मुलुकको समसामयिक राजनीतिका विषयमा छलफल गर्न प्रधानमन्त्री र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पनि भेटवार्ता हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्