ओलीलाई फकाउन देउवा दूत बनेर रामचन्द्र पौडेल बालकोट, ओलीले यसरी गरे स्वागत


ओकेजनता डेस्क
२१ पुष २०७८, बुधबार

काठमाडौं । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका छन् ।

बुधबार साँझ बालकोट पुगेका पौडेल र ओलीबीच अदालतमा देखिएको समस्या, संसद्को गतिरोध, एमसीसीमा देखिएको अन्योल लगायत विषयमा छलफल भएको छ ।

नेता पौडेलले ओलीसँग पछिल्लो समय विवाद देखिएका विषयमा साझा धारणा बनाएर अघि बढ्नका लागि आग्रह गरेका थिए ।

प्रमुख प्रतिपक्षी दल सर्वदलीय बैठकमा नआएको प्रति पनि पौडेलले चासो व्यक्त गरेका थिए । छलफलमा ओलीले प्रधानमन्त्रीसँग वान टु वान कुरा गर्न चाहेको आशय व्यक्त गरेको बताइएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाकै आग्रहमा पौडेल ओलीलाई मनाउन पुगेका हुन् । देउवा आफै बालकोट पुग्दा गठबन्धनमा संशय पैदा हुने भन्दै काँग्रेस सभापति समेत रहेका देउवाले पौडेललाई बालकोट पठाएको स्रोतको भनाइ छ ।

दुई नेताबीच आजको छलफल सकारात्मक भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्