निदाएका प्रधानमन्त्री ओलीलाई कमल थापाले ब्युझाए


ओकेजनता डेस्क
१९ आश्विन २०७७, सोमबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कोरोना महामारी नियन्त्रण गर्नदेखि लिएर अतिक्रमित भूमि फिर्ता लिन सरकार पूर्णरूपमा असफल भएको बताएका छन् ।

उनले भ्रष्टाचार नियन्त्रण गर्न, धर्मपरिवर्तन नियन्त्रण गर्न र रोजगारी सिर्जना गर्न पनि सरकार पूर्ण रुपमा असफल भएको टिप्पणी गर्दै प्रधानमन्त्री ओलीलाई निन्द्राबाट ब्युँझिन आग्रह गरेका छन् ।

उनले ट्विटरमा प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दै लेखेका छन्, ‘म तपाईंको शुभचिन्तक हुँ,त्यसैले भन्छु– plz wake up,act fast before it’s too late.

प्रतिक्रिया दिनुहोस्