देउवाको अफरपछि पौडेल चुपचाप, एमालेलाई क्लिनस्वीपको रणनीति


ओकेजनता डेस्क
२१ पुष २०७८, बुधबार

काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनका कारण प्रमुख प्रतिपक्षी दल नेकपा एमाले कमजोर बन्दै गएको छ । तीनै तहको निर्वाचन नजिकिँदै जाँदा प्रतिपक्षी दल एमालेलाई आफ्नो विरासत जोगाउन सकस हुने देखिएको छ ।

राष्ट्रियसभाको निर्वाचन आगामी माघ १२ गते भइरहेको छ । यसमा पनि पाँचदलीय गठबन्धन बलियो रुपमा देखिएको छ । कांग्रेसको निर्णय बमोजिम नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सहमति जनाउन थालेका छन् । राष्ट्रिय सभाको निर्वाचनमा सबैभन्दा ठूलो धक्का प्रतिपक्षी दल एमालेलाई पुग्ने आंकलन गरिएको छ ।

गठबन्धनलाई लामो समय टिकाएर लैजाने प्रयत्नमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई मनाइसकेका छन् । शेखर कोइरालाको भने देउवाले प्रवाह गरेको देखिदैन ।

कांग्रेस स्रोतका अनुसार पौडेलले आगामी दिनमा राम्रो जिम्मेवारी पाउने भएका छन् । निर्वाचन नजिकिँदै जाँदा पौडेल चुप बसेका हुन । नत्र भने उनलाई सकस हुने पक्का छ । पौडेल आफू जसरी भएपनि यो निर्वाचनबाट प्रतिनिधि सभा सदस्य बन्न चाहान्छन् ।

यता गठबन्धनका कारण एमालेमा किचलो शुरु भएको छ । गठबन्धनले क्लिनस्वीपको रणनीति अख्तियार गरेकोले पनि एमाले संकटमा परेको हो ।

सत्तारुढ पाँचदलीय गठबन्धनका कारण प्रमुख प्रतिपक्षी दल नेकपा एमाले कमजोर बन्दै गएको छ । तीनै तहको निर्वाचन नजिकिँदै जाँदा प्रतिपक्षी दल एमालेलाई आफ्नो विरासत जोगाउन सकस हुने देखिएको छ ।

राष्ट्रियसभाको निर्वाचन आगामी माघ १२ गते भइरहेको छ । यसमा पनि पाँचदलीय गठबन्धन बलियो रुपमा देखिएको छ । कांग्रेसको निर्णय बमोजिम नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सहमति जनाउन थालेका छन् । राष्ट्रिय सभाको निर्वाचनमा सबैभन्दा ठूलो धक्का प्रतिपक्षी दल एमालेलाई पुग्ने आंकलन गरिएको छ ।

गठबन्धनलाई लामो समय टिकाएर लैजाने प्रयत्नमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई मनाइसकेका छन् । शेखर कोइरालाको भने देउवाले प्रवाह गरेको देखिदैन ।

कांग्रेस स्रोतका अनुसार पौडेलले आगामी दिनमा राम्रो जिम्मेवारी पाउने भएका छन् । निर्वाचन नजिकिँदै जाँदा पौडेल चुप बसेका हुन । नत्र भने उनलाई सकस हुने पक्का छ । पौडेल आफू जसरी भएपनि यो निर्वाचनबाट प्रतिनिधि सभा सदस्य बन्न चाहान्छन् ।

यता गठबन्धनका कारण एमालेमा किचलो शुरु भएको छ । गठबन्धनले क्लिनस्वीपको रणनीति अख्तियार गरेकोले पनि एमाले संकटमा परेको हो ।

प्रतिक्रिया दिनुहोस्