माओवादीमा यूटर्न : पम्फा भूसाल बनिन् महासचिव


ओकेजनता डेस्क
२० पुष २०७८, मंगलवार

काठमाडौं । नेकपा माओवादी केन्द्रको महासचिवमा उर्जा मन्त्री पम्फा भुसालको दाबेदारी बलियो देखिएको छ । मन्त्री भुसाललाई महासचिव बनाउनका लागि पार्टीको केन्द्रीय तहमा गम्भीर बहस भइरहेको माओवादी स्रोत बताउँछ ।

यता महासचिवका लागि भुसाल, जनार्दन शर्मा, बर्षमान पुन, कृष्णबहादुर महरा, देव गुरुङ आकांक्षी देखिएका छन् । सबैको दाबेदारी बलियो देखिएपछि सर्वसम्मत रुपमा भुसालले नेतृत्व पाउने देखिएको छ ।

माओवादी केन्द्रको आठौँ महाधिवेशनले केन्द्रीय कमिटी सर्वसम्मत चयन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्