गठबन्धनका कारण माधव नेपालको उचाई थपियो


ओकेजनता डेस्क
२० पुष २०७८, मंगलवार

काठमाडौं । सत्ता गठबन्धन दलहरुले यतिबेला राष्ट्रियसभा सदस्य उम्मेद्वारको टुंगो लगाएका छन् । आगामी तीनै तहका निर्वाचनमा मिलेर जाने रणनीति अख्तियार गरेका गठबन्धन दलहरुले राष्ट्रियसभामा आफ्नो जित सुनिश्चित गरेका छन् ।

सातै प्रदेशको आँकडा हेर्दा सत्ता गठबन्धन दल नै अगाडि देखिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि राष्ट्रियसभा उम्मेद्वारको टुंगो लगाइसकेको छ ।

सत्ता गठबन्धनका दलले आफ्ना मतदाता प्रतिनिधिहरुलाई गठबन्धनकै उम्मेद्वारलाई मत दिन भनिसकेका छन् । केन्द्रबाट गठबन्धनका दलहरुले ह्वीप नै लगाएर मतदान गर्न भनेका हुन् । आगामी माघमा हुने राष्ट्रियसभा निर्वाचन रोचक हुने देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्