काठमाडौं । लामो समयको प्रतिक्षापछि निर्मला पन्त हःत्यामा नयाँ टिवस्ट आएको छ । प्रहरीले निर्मलाको हःत्या आशंकामा एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
भारतीय नागरिक निकार अलीको विशेष सूचना र सुराकका आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ । अली निर्मला पन्तको घर नजिकै तरकारी खेती गरेर बसेको बताइएको छ ।
प्रहरीले उनलाई पक्राउ गर्नका लागि इन्टरपोलको सहायता पनि लिएको थियो । धेरै प्रमाण मिल्दाजुल्दा भेटिएपछि प्रहरीले निगरानी बढाएको थियो ।
अलीको डिएनए परीक्षणपछि घःटनाको सबै विषय बाहिर ल्याउने प्रहरीको तयारी रहेको छ ।