आइतबार पनि सार्वजनिक बिदा दिने सरकारको निर्णय


ओकेजनता डेस्क
१६ पुष २०७८, शुक्रबार

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले तीन जिल्लामा आइतबार सार्वजनिक बिदा दिएको छ।

२०७८ वैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार आइतबार तीन जिल्लामा सार्वजनिक बिदा हुने भएको हो।

पुस १८ गते आइतबार परेको भुवा पर्वको अवसरमा बिदा दिइएको हो। प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार अछाम, बाजुरा र बझाङमा बिदा दिइएको छ।

प्रतिक्रिया दिनुहोस्