माओवादीमा अध्यक्षपछिको शक्तिशाली महासचिव बन्दैछन् यी व्यक्ति


ओकेजनता डेस्क
१६ पुष २०७८, शुक्रबार

काठमाडौं । नेकपा माओवाादी केन्द्रमा महासचिव पदका लागि बर्षमान पुन, जनार्दन शर्माबीच प्रतिस्पर्धा हुने भएको छ । यी दुई नेताको दाबेदारीमा सहमति नजुटेपछि निर्वाचन हुने प्रायः निश्चित बनेको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निकट मानिने दुवै नेताहरुमध्ये कसले बाजी मार्ला भन्नेबारे अझै प्रष्ट भइसकेको छैन । पुन उपचारको शिलशिलामा लामो समयदेखि चीनमा रहनुभएको छ । यता, शर्मा भने महासचिवको लबिङमा हुनुहुन्छ ।

काठमाडौंको प्रज्ञा भवनमा जारी माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनले कुशल नेतृत्व चयन गर्ने अपेक्षा लिइएको छ । पार्टीको अध्यक्षमा भने पुष्पकमल दाहाल सर्वसम्मत हुने पक्कापक्की भएको छ।

प्रतिक्रिया दिनुहोस्