यसरी लुट्न शुरु भयो टीकापूर विमानस्थलको अस्मिता


ओकेजनता डेस्क
१३ पुष २०७८, मंगलवार

काठमाडौं । यतिबेला सुदूरपश्चिम प्रदेशका १० वटा विमानस्थलमा लाख, करोड हुँदै एक अर्बसम्म बजेट विनियोजन हुँदा टीकापूर विमानस्थललाई छुन सकेन । लामो इतिहास बोकेको टीकापूरमा जहाँ खड्गबहादुर सिंहको सपना संगालिएको थियो, त्यसलाई नामेट गर्न उद्दत केही गिरोहका कारण त्यहाँको दुराअवस्था थप जटिल बन्दै गएको छ ।

टीकापूरको टाउन प्लानिङ र त्यहाँकोे बसोबासको स्थिति हेर्दा साच्चिकै सुन्दर र मनमोहक छ नै, तर विकासले भने कछुवाको गति लिँदा रोएको छ टीकापूर । अशान्ति, असुरक्षाले पनि थप बदनामित बन्दै गएको छ टीकापूर । लामो समयदेखि टीकापूरको भूमिमा टेकेर विभिन्न वाहान र आश्वासन बाँड्दै आएका विभिन्न राजनीतिक दलका नेताहरुका कारण त्यहाँको विकास थप ओझेलिएको छ ।

जनताबाट निर्वाचित सांसद कारागारमा थुनिएको अवस्थामा त्यहाँको विकास थप ओझेलमा परेको छ । यदि त्यो क्षेत्रमा सांसद रेशम चौधरी खुला जीवनमा भएको भए त्यहाँको अवस्थामा निकै परिवर्तन भइसक्ने टीकापूरका स्थानीयबासीको भनाइ छ । थारु समुदाय र पहाडी समुदायको लोपप्रिय मत पाएर विजयी सांसद चौधरी अहिले बन्दी जीवन व्यतित गरिरहेका छन् ।

टीकापूर विमानस्थल

टीकापुर विमानस्थल सञ्चालनमा ल्याउने कुरा बेलाबेला बहसको विषय पनि बनेको छ, र राजनीतिलाई भजाउने दाउ पनि भएको छ । पटकपटक टीकापुर विमानस्थल सञ्चालनको विषय उठ्ने मात्रै गरेको छैन । त्यो भन्दा बढी टीकापुरका सरोकारवालाहरु विमानस्थल सञ्चालनका लागि सरकार परिवर्तन हुने बित्तिकै काठमाडौ पुग्ने गरेका छन् ।

पछिल्लोपटक गठबन्धनको सरकार बनेपछि विशेषगरी नेपाली काँग्रेस र नेकपा माओवादीका नेताहरू काठमाडौंं पुगेर कर्णाली नदी सन्कट्टिमा पुल निर्माण, सत्ती भन्सारको व्यवस्थापन र टीकापुर विमानस्थल सञ्चालनमा ल्याउनुपर्ने भन्दै अर्थमन्त्रालय, पर्यटन मन्त्रालयमा पुगेर छलफल मात्रै गरेनन् । चालू आर्थिक वर्षका लागि विनियोजन गरेको बजेटलाई प्रतिस्थापन विधेयक मार्फत अर्थमन्त्रीले पारित गरेको बजेटमार्फत् टीकापुर विमानस्थलको संरचना विकासको लागि डल्लो बजेटमा छुट्याइएको भन्ने कुरा बाहिर आएको थियो ।

त्यतिबेला सामाजिक सञ्जालका भित्ताहरु त्यही सनकट्टी र टीकापुर विमानस्थलका लागि बजेट विनियोजन गराउन सफल भयौं भनेर भरिए । तर, त्यो झुट धेरै दिन टिक्न सकेन । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट आइतबार बाहिरिएको बजेटमा टीकापुर विमानस्थलको नाम नै उल्लेख छैन ।

सुदुरपश्चिम प्रदेशका दशवटा विमानस्थलका लागि तीन करोड देखि एक अर्ब बजेट विनियोजन हुँदा टीकापुर विमानस्थलका लागि बजेट विनियोजन नहुनु टीकापुरलाई केन्द्रले निकै उपेक्षा गरेको भन्दै सामाजिक सञ्जालमा विरोध हुन थालेको छ ।

त्यसबेला डेलिगेशनमा गएका सुदुरपश्चिम प्रदेशका संसदीय दलका नेता डा. रणबहादुर रावलले पनि विमानस्थल सञ्चालनमा आउने दाबी गरेका थिए । त्यतिमात्र होइन, रावलले टीकापुरमा कार्तिक १ गते आएको बाढीका कारण भएको क्षतिको स्थलगत अनुगमनमा आएका प्रधानमन्त्री शेरबहादुर देउवासहित संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेमगरलाई हेलिकप्टरबाटै विमानस्थलको अवलोकन गर्न लगाएको र विमानस्थलको काम यसै वर्षबाट सुरु हुने बताएका थिए ।

नेता रावलले बोलेको कुरालाई नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानको बैठकले भनिएको डल्लो बजेट फुटाउँदा सुदुरपश्चिम प्रदेशका दशवटा विमानस्थलका लागि सफल भएपनि टीकापुरका लागि त्यसले छुन सकेन । डा. रावलले टीकापुर विमानस्थलका लागि बजेट नपरेपछि सोमबार मन्त्री आलेसँग छ्लफल गरि दुई करोड बजेट विनियोजन गरिएको आफ्नो सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् ।

२ करोड हात्तीका मुखमा जिरा

अहिले पुनः पर्यटन मन्त्री प्रेमबहादुर आलेले टीकापूर विमानस्थलको प्रारम्भिक मर्मतका लागि २ करोड दिने आश्वासन दिएको सामाजिक सञ्जालमा बाहिरिएको छ । तर, यसमा सत्यता भने न्यून छ । यसअघि पनि बेलाबेला झुठको खेती भएकोले यो दुई करोडको भरोसा छैन ।

गौचरणमा परिणत भएको टीकापूर विमानस्थल सञ्चालनका लागि भन्दै त्यहाँका नागरिकबाट उठाएको रकमको न हिसाब किताब राखिएको छ, न त सार्वजनिक गर्न मानिएको छ, टीकापूरका एक स्थानीयले भने । तत्कालीन समयमा त्यहाँका व्यापारी टीकाराम जैसी, नवराज रावल, मातृका तिमिल्सिनाको नेतृत्व र अगुवाई रकम संकलन र खर्च गरिएको थियो ।

अहिलेसम्म विमानस्थलको मुद्धालाई समेत किनारामा लगाउन नसक्नु लज्जासपद भएको टीकापूरबासीको भनाइ छ । स्थानीय सरकार सञ्चालनमा आएको वर्षौ बितिसक्दा पनि त्यहाँको विकासले गति लिन सकेको छैन । स्थानीयका अनसार त्यहाँका नगरप्रमुखले जनताको मुद्धा भन्दा पनि आफन्तलाई पोस्ने गरेको पाइएको छ ।

यसको विस्तृत फलोअप समचार तयार हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्