नेकपा एसका यी मन्त्रीलाई फिर्ता बोलाइँदै, पार्टीको नयाँ निर्णय


ओकेजनता डेस्क
११ पुष २०७८, आईतवार

काठमाडौं । नेकपा एकीकृत समाजवादीले हाल सरकारमा रहेका केही मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारी गरेको छ । पार्टी निर्माणमा अहोरात्र खटिएका नेता मेटमणि चौधरी र शेरबहादुर कुँवरलाई मन्त्री बनाउनका निम्ति दुई मन्त्रीलाई पार्टीले फिर्ता बोलाउने भएको हो ।

नेकपा एकीकृत समाजवादी स्रोतका अनुसार सरकारमा रहेका तीन मन्त्रीलाई फिर्ता बोलाउने तयारी छ । समाजवादीले त्यसलगत्तै तीन मन्त्रीलाई सरकारमा पठाउने भएको हो ।

मन्त्रीको पछिल्लो प्रगती र लगनशीलताका आधारमा सरकार राख्ने वा फिर्ता बोलाउने भन्ने विषयमा पार्टीले छलफल चलाएको छ । हालका मन्त्रीको कार्यशैलीप्रति नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सन्तुष्ट नरहेको बुझिएको छ ।

अहिलेका मन्त्रीले कोलाहल बढी र काम कम गरेको जनगुनासो बढेकोले नयाँ अनुहारलाई मन्त्रीमा पठाउने पार्टीको तयारी रहेको छ । नेकपा एसबाट सरकारमा गएका मन्त्रीहरु विवादित बन्दै गएका छन् । पछिल्लो समय स्वास्थ्य मन्त्री विरोध खतिवडाले भने राम्रो कार्य गर्नुभएको छ ।

नेकपा एकीकृत समाजवादीले हाल सरकारमा रहेका केही मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारी गरेको छ । पार्टी निर्माणमा अहोरात्र खटिएका नेता मेटमणि चौधरी र शेरबहादुर कुँवरलाई मन्त्री बनाउनका निम्ति दुई मन्त्रीलाई पार्टीले फिर्ता बोलाउने भएको हो ।

नेकपा एकीकृत समाजवादी स्रोतका अनुसार सरकारमा रहेका तीन मन्त्रीलाई फिर्ता बोलाउने तयारी छ । समाजवादीले त्यसलगत्तै तीन मन्त्रीलाई सरकारमा पठाउने भएको हो ।

मन्त्रीको पछिल्लो प्रगती र लगनशीलताका आधारमा सरकार राख्ने वा फिर्ता बोलाउने भन्ने विषयमा पार्टीले छलफल चलाएको छ । हालका मन्त्रीको कार्यशैलीप्रति नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सन्तुष्ट नरहेको बुझिएको छ ।

अहिलेका मन्त्रीले कोलाहल बढी र काम कम गरेको जनगुनासो बढेकोले नयाँ अनुहारलाई मन्त्रीमा पठाउने पार्टीको तयारी रहेको छ । नेकपा एसबाट सरकारमा गएका मन्त्रीहरु विवादित बन्दै गएका छन् । पछिल्लो समय स्वास्थ्य मन्त्री विरोध खतिवडाले भने राम्रो कार्य गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्