माओवादीमा प्रचण्डपछि शक्तिशाली महासचिवमा यी अनुहार पक्का


ओकेजनता डेस्क
११ पुष २०७८, आईतवार

काठमाडौं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आजबाट काठमाडौंमा शुरु हुँदैछ । आजदेखि ३ दिनसम्म चल्ने सम्मेलनले माओवादीको नयाँ कार्यसमिति चयन गर्नेछ ।

माओवादी अध्यक्षपछिको शक्तिशाली मानिएको महासचिवका लागि नेताहरुमा हानथाप देखिएको छ । महासचिव बन्नका लागि प्रचण्डलाई गुहार्नेको संख्यामा बृद्धि भइरहेको छ ।

महासचिव बन्नका कृष्णबहादुर महरा, जनार्दन शर्मा र वर्षमान पुन अगाडि देखिएका छन् । जसमा महराको चर्चा बढ्दै गएको छ । प्रचण्डले पनि महरालाई नै महासचिव बनाउने तयारी गरेका छन् । अहिले महासचिव बन्ने व्यक्तिनै भोलि माओवादीको कमाण्ड सम्हाल्ने छ ।

हरेक पार्टीमा युवापुस्ताको उदय हुँदै गर्दा माओवादीमा भने त्यो देखिने छाँट छैन । अध्यक्षबाट प्रचण्डले नछोड्ने संकेत गरेपछि ती पुरानै अनुहार दोहोरिने पक्का छ ।

नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आजबाट काठमाडौंमा शुरु हुँदैछ । आजदेखि ३ दिनसम्म चल्ने सम्मेलनले माओवादीको नयाँ कार्यसमिति चयन गर्नेछ ।

माओवादी अध्यक्षपछिको शक्तिशाली मानिएको महासचिवका लागि नेताहरुमा हानथाप देखिएको छ । महासचिव बन्नका लागि प्रचण्डलाई गुहार्नेको संख्यामा बृद्धि भइरहेको छ ।

महासचिव बन्नका कृष्णबहादुर महरा, जनार्दन शर्मा र वर्षमान पुन अगाडि देखिएका छन् । जसमा महराको चर्चा बढ्दै गएको छ । प्रचण्डले पनि महरालाई नै महासचिव बनाउने तयारी गरेका छन् । अहिले महासचिव बन्ने व्यक्तिनै भोलि माओवादीको कमाण्ड सम्हाल्ने छ ।

हरेक पार्टीमा युवापुस्ताको उदय हुँदै गर्दा माओवादीमा भने त्यो देखिने छाँट छैन । अध्यक्षबाट प्रचण्डले नछोड्ने संकेत गरेपछि ती पुरानै अनुहार दोहोरिने पक्का छ ।

प्रतिक्रिया दिनुहोस्