राजधानीको विषय वार्ताको माध्यमबाट हल होस् : डा. भण्डारी


ओकेजनता डेस्क
१८ आश्विन २०७७, आईतवार

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पाँच नम्बर प्रदेशको राजधानीका विषयमा चाँसो बढ्दै गएको बताएका छन् ।

लामो समय भइसक्दा पनि राजधानीको टुंगो नलाग्नु बिडम्बना भएको उनको ठहर छ ।

डा. भण्डारीले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘ पाचँ नम्बर प्रदेशको राजधानीलाई लिएर बुटवलमा भैरहेका घटनाप्रति चासो बढ्दै गइरहेको छ । निकास त्यस प्रदेशका, क्षेत्रका नेताहरु सँग वार्ता गरेर सहमतिबाट नै खोज्नु पर्दछ ।

लाठी, ढुंगा मुढा, धरपकड, कर्फ्यू भन्दा सभ्य र मर्यादित बलियो वार्ता हुन्छ तसर्थ गिरफ्तार गरिएका नेताहरु बिष्णु पोखरेल, हरिलाल पाण्डे, शिव गैरे, मुक्ति पौडेल, ज्ञानेन्द्र कार्की, प्रकाश गैरे, कमला पाण्डे लगायतको तुरुन्त रिहाईको माग गर्दछु ।

साथै सरकारलाई वार्ताको वातावरण बनाउन आग्रह गर्दै सबै नेताहरुलाई जनउत्तरदायी बनी दूरदृष्टि लिई जनहितमा आफ्नो ओठमा लागाएको जिप खोल्न अनुरोध गर्दछु । म आफ्नो तर्फबाट सबै नेताहरु सँग वार्ताको लागि पहल गरिरहेको कुरा जानकारी गराउन चाहान्छु ।

डा. भण्डारीले पक्राउ गरिएका सबैको रिहाइको माग गर्नुभएको छ । मुखमा जिप लगाएर समस्याको समाधान नहुने भन्दै उनले वार्ता र सहमति उचित विकल्प रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्