अध्यक्षपछिको पावरफूल महासचिवको जिम्मा यी नेतालाई, जुट्यो सहमति

ओकेजनता डेस्क
९ पुष २०७८, शुक्रबार

काठमाडौं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन यही पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ । माओवादीले यो सम्मेलनबाट नयाँ जुझारु कार्यसमिति निर्माण गर्ने अपेक्षा लिइएको छ ।

माओवादीमा पदाधिकारी संख्या ९ वा ११ पुर्याउने भन्ने विषयमा पनि छलफल चलिरहेको छ । यो जिम्मा माओवादी नेता देव गुरुङलाई दिइएको छ । माओवादीमा अध्यक्षपछिको पद महासचिव हो, जसलाई अध्यक्षको उत्तराधिकारीका रुपमा लिइन्छ ।

माओवादीमा महासचिव को बन्ने भन्ने विषयमा आधिकारिक धारणा बाहिर नआएपनि अध्यक्ष पुष्पकमल दाहालले मोटामोटी धारणा बनाइसकेका छन् । अध्यक्षमा पुनः दोहोरिन चाहेका र आफ्नो विकल्प नदेखेका प्रचण्डकै जिम्मामा महासचिव तोक्ने कार्यभार छ ।

आफ्ना नजिकका विश्वासपात्र मानिएकाहरुलाई नै प्रचण्डले महासचिवको जिम्मा दिने तयारी गरेका छन् । स्रोतका अनुसार माओवादीमा यसपछिको नेतृत्व सम्हाल्नका निम्ति अर्थमन्त्री एवं माओवादी नेता जनार्दन शर्मा नै निपूर्ण देखिएका छन् । प्रचण्डले उनलाई महासचिव बनाउनका निम्ति आन्तरिक सहमति जुटाउने प्रयास गरेका छन् ।

यसअघि महासचिवको कडा दाबेदार मानिएका वर्षमान पुन उपचारको शिलशिलामा लामो समय बाहिर भएपछि यता जनार्दनका नाममा सहमति जुटेको छ ।

प्रतिक्रिया दिनुहोस्