काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेससँग सम्बन्ध सुधारको प्रयास अगाडि बढाएका छन् । तीनै तहको निर्वाचन नजिकिँदै जाँदा ओलीले कांग्रेससँगको सम्बन्ध सुधारको प्रयास थालेका छन् ।
ओलीले कांग्रेससँग सम्बन्ध बनाउनका निम्ति गोप्य रणनीति तयार पारेको स्रोत बताउँछ । जसका लागि प्रमुख विषय एमसीसी बनेको छ । एमसीसी पारित गर्ने सम्बन्धमा पाँचदलीय गठबन्धन भत्किने खतरा बढेको छ ।
एमालेका तल्लो तहका नेताहरुलाई एमसीसीको विरोध गर्न लगाउने र संसदमा एमसीसीमा सहमति जुटाउने प्रयास ओलीले गरिरहेका छन् । पछिल्लो समय एमसीसी पारित गराउन नहुने आवाज उठिरहेका बेला नेपालका शीर्ष दल एमसीसीको पक्षमा देखिएका छन् ।
यदि एमसीसी पारित हुने अवस्था आएमा नेपालका धेरै दलहरुको जमानत जफत हुने खतरा पनि उत्तिकै छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेससँग सम्बन्ध सुधारको प्रयास अगाडि बढाएका छन् । तीनै तहको निर्वाचन नजिकिँदै जाँदा ओलीले कांग्रेससँगको सम्बन्ध सुधारको प्रयास थालेका छन् ।