उपरकाँडामा विद्युत पुग्यो, मेरो बाचा पूरा हुँदैछ : बोगटी


ओकेजनता डेस्क
१८ आश्विन २०७७, आईतवार

काठमाडौं । डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर ५ उपरकाँडा टोलमा विद्युत बिस्तार भएको छ ।

गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीको उपस्थितिमा विद्युतको उद्घाटन गरिएको छ । विद्युत गाउँमा पुगेको सपनाजस्तै लागेको एक स्थानीयले बताएका छन् । उनले भने, ‘हामीले गाउँमा यसरी झिलिमिली हुन्छ सोचेको थिएन, तर जनप्रतिनिधि आइसकेपछि असम्भव लागेका काम सम्भव हुँदो रहेछ ।’

पूर्वीचौकी गाउँपालिका उज्यालो बनाउने योजना सफल हुँदै गएको अध्यक्ष बोगटीले बताए । ओकेजनता सँग कुरा गर्दै बोगटीले भने, ‘मैलै निर्वाचनमा र सपथ लिँदै गर्दा गरेको बाचा पूरा हुँदैछ, बाँकी रहेका कामलाई आगामी दिनमा निरन्तरता दिनेछुँ ।’

अध्यक्ष बोगटीको योजना र जनताको साथले पूर्वीचौकी झिलिमिली बनेको छ ।

प्रतिक्रिया दिनुहोस्