आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय


ओकेजनता डेस्क
२ पुष २०७८, शुक्रबार

काठमाडौं । सरकारले पुस ४ गते आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

किरात समुदायको उद्यौली पर्व, निवारी समुदायको योमरी पुन्ही– ज्यापु दिवसको अवसरमा सरकारले पुस ४ गते आइतबारका दिन देशभरिका सम्बन्धित समुदायका लागि विदा दिइएको छ ।

काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने नेपाल सरकार मन्त्रिपरिषद्बाट निर्णय गरेकोे गृहमन्त्रालयका उपसचिव बसन्त भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्