गगन र विश्वप्रकाश कांग्रेसको निर्णायक, राजनीतिमा बुढीछोरालाई सुम्पिनेको बिल्लीबाँठ

ओकेजनता डेस्क
२ पुष २०७८, शुक्रबार

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट महामन्त्रीमा पुस्तान्तरण भएपछि यतिबेला नेपाली राजनीतिले चर्चा बटुलेको छ । युवा नेतृत्व आउन थालेपछि अब हरेक पार्टीमा पुस्ता हस्तान्तरण हुनुपर्ने आवाज सुनिन थालेका छन् ।

भर्खरै सम्पन्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशनले पनि नेतृत्वमा सुखद् समाचार प्रवाह गरेको थियो । लामो समयसम्म राप्रपामा हालीमुहाली भएका कमल थापालाई राजेन्द्र लिङ्देनले पराजित गरेका थिए ।

कांग्रेसमा विश्वप्रकाश शर्मा र गगन थापाको उदय भएपछि पार्टीभित्र उनीहरुनै सर्वेसर्वा भएका छन् । अब, कांग्रेसमा दुईजना निर्णायक बन्नेछन् । कांग्रेसमा सभापति पछिको शक्तिशाली पद महामन्त्री हो ।

दुई भाईको निर्णय नै अब कांग्रेसका निम्ति बटमलाईन बन्ने पक्का छ । लामो समय राजनीतिक विरासत बोकेर पछि आफ्ना सन्तानलाई सुम्पिने परम्पराका लागि यी दुई यूवा निकै निर्णायक बन्ने देखिएको छ ।

महामन्त्रीका विजयी उम्मेद्वारद्वयलाई सभापति शेरबहादुर देउवाले बधाई ज्ञापन गरेका छन् । महाधिवेशन प्रतिनिधिको यो निर्णयले देउवा पनि अलमलिएको प्रष्ट हुन्छ । राजनीतिमा विश्वप्रकाशलाई पछार्ने दाउमा लागेका कृष्णप्रसाद सिटौला पनि चुकेका छन् ।

प्रतिक्रिया दिनुहोस्