गगन थापा र विश्वप्रकाश शर्मा बने कांग्रेस महामन्त्री


ओकेजनता डेस्क
१ पुष २०७८, बिहीबार

काठमाडौं । नेपाली कांग्रेसको चौधौं महाधिवेशनबाट गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री बन्ने पक्का भएको छ।

जारी मतगणनामा गगन ६५ प्रतिशत मत ल्याएर अग्रस्थानमा छन् भने विश्वप्रकाशले ४१ प्रतिशत मत पाएका छन्।

३९९० मत गन्दा गगन २५८१ मत ल्याएका छन् भने विश्वप्रकाशले १६४६ मत पाएका छन्।

तेस्रो स्थानमा रहेका प्रकाशशरण महतभन्दा विश्वप्रकाशले ३१९ मत बढी ल्याएका छन्।

१३२७ मत पाएका महतले अब विश्वप्रकाशलाई उछिन्न कठिन देखिएको छ।

चौथो स्थानमा रहेका प्रदीप पौडेले ११८८, मीनेन्द्र रिजालले ६८७ र राजाराम कार्कीले ८८ मत ल्याएका छन्।

प्रतिक्रिया दिनुहोस्