उपसभापतिमा दुई मतले हारेपछि गच्छादारको यस्तो निर्णय


ओकेजनता डेस्क
१ पुष २०७८, बिहीबार

काठमाडौं । नेपाली काँग्रेसको उपसभापतिमा दुई मतले हारेका विजयकुमार गच्छदारले निर्वाचन समिति गुहारेका छन् ।

बुधबार राति सार्वजनिक मतपरिणाम अनुसार सभापति शेरबहादुर देउवा समूहका गच्छदार शेखर कोइराला प्यानलका धनराज गुरुङसँग दुई मतले पराजित भएका थिए ।

गुरुङले १९०८ मत ल्याउँदा गच्छदारले १९०६ मत पाएका थिए । गच्छदारले मतपरिणाममा असहमति जनाउँदै पुनः गणनाको माग गर्दै निवेदन दिएका हुन् । ​महामन्त्रीको दुई सिट छ । पूर्णबहादुर खड्का पनि विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्