के साच्चै दशैँमा लकडाउन हुन्छ ?


ओकेजनता डेस्क
१८ आश्विन २०७७, आईतवार

काठमाडौं । कोरोना संक्रमितहरुको संख्या बढ्दै जाँदा अर्थात् २५ हजार भन्दामाथि पुगेमा लकडाउन गर्ने सरकारको तयारीले धेरैलाई अन्योल थपेको छ ।

कोरोनाको संक्रमण उच्च रहेका बेला आइतबारसम्म मात्रै २२ हजार २ सय १९ जना सक्रिय संक्रमित पुगेका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोनाको दर बढ्दै गएकाले अनावश्यक यात्रा गर्न मिल्ने छैन ।

नेपालीहरुको महान पर्व दशैँ नजिकिँदै जाँदा घरसम्म जान सकिन्छ की, सकिँदैन ? भन्नेबारे धेरै नागरिक अनविज्ञ भएका छन् । यो समयमा संयमता र धैर्यता अपनाउनुको विकल्प छैन । कोरोना संक्रमण भएपनि धेरैजना निको पनि भएका छन् ।

कोरोनाको दर हेर्दा दशैँ तिहारको समयमा ठूलो मात्रामा संक्रमित बढ्ने आंकलन गरिएको छ । आइतबारमात्रै काठमाडौंमा १ हजार ५ सय ९९ जना थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयको अपिल


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जहाँ छौं, त्यही दशैं मनाउन अपिल गरेको छ ।

कोरोना भाइरस (कोभिड(१९) को संक्रमण बढिरहेका बेला मन्त्रालयले दशैंका लागि यात्रा नगर्न आग्रह गरेको छ ।

साथै जनस्वास्थ्यको मापदण्डमा कडाई गर्ने र जरिवाना गर्ने गरी नयाँ प्रस्ताव पठाइएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्