१ हजार २ सय मत गन्दा मतपरिणाममा यूटर्न


ओकेजनता डेस्क
२९ मंसिर २०७८, बुधबार

काठमाडौं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा उपसभापति पदका लागि भएको निर्वाचनको मतगणना जारी छ ।

यसअघि सभापति पदमा भएको मतदानको मतगणना राष्ट्रिय सभागृहमा गरिएकोमा उपसभापतिको मतगणना भने केन्द्रीय कार्यालय सानेपामा गरिदैछ । सोमबार मतदान लगत्तै मतपेटिकाहरु सानेपा पुर्‍याइएको थियो ।

यसपटक उपसभापतिको दौडमा शेरबहादुर देउवाको प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, शेखर कोइराला समूहबाट चन्द्र भण्डारी र धनराज गुरुङ, प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइराला र विमलेन्द्र निधि प्यानलबाट दिव्यश्वरी शाह रहेका छन् ।

महेश आचार्य भने स्वतन्त्र उठेका छन् । हालसम्म १२०० मत गन्दा अग्रतामा रहेका विजयकुमार गच्छदारले ४८५ मत, पूर्णबहादुर खड्काले ४९० मत, चन्द्र भण्डरीले ४५० मत र धनराज गुरुङले ५०२ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्