प्रदेश ५ को राजधानी दाङ देउखुरी !


ओकेजनता डेस्क
१८ आश्विन २०७७, आईतवार

काठमाडौं । यतिबेला प्रदेश पाँचको राजधानी दाङ राख्ने विषयले निकै चर्चा पाएको छ । अस्थायी मुकाम बुटवलमा तोकिएपनि अहिले दाङमा राजधानी बनाउने विषयमा विवाद समेत उत्पन्न भएको छ ।
प्रदेश ५ को स्थायी राजधानी दाङ देउखुरी सार्ने प्रस्तावको विरोधमा रुपन्देहीमा प्रदर्शन समेत भएको छ । प्रदर्शनमा कांग्रेस कार्यकर्ता लगायत स्थानीयको स्वःस्फूर्त सहभागिता रहेको थियो ।

बुटवल राजमार्ग चौराहाबाट शुरु भएको विरोध ¥याली ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रदर्शनकारीले प्रदेश सरकारले रुपन्देहीबासीको भावनामाथि खेलवाड गरेको जनाएका छन् ।

प्रदर्शनपछि प्रशासनले बुटवलका केही स्थानलाई निषेधित क्षेत्र तोकेको छ ।

प्रशासनको सूचनामा आइतबार बिहान ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्मका लागि ५ जनाभन्दा बढी भेला हुन र प्रदर्शन गर्न रोक लगाइएको छ ।

यता राजधानीको चर्चा चलेसँगै दाङमा भने खुसीयाली छाएको छ । तर राजधानीको विषयमा प्रदेशसभाले नै निर्णय गर्ने भएकाले यसको आधिकारिकतामा भने प्रश्न उठेको छ ।

यतिबेला दाङमा राजधानी भनेर आपसमा लडाउन खोजेको बुटवलबासीको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्