सभापति पदको मतगणना राति १० बजेपछि, यस्तो छ अवस्था


ओकेजनता डेस्क
२८ मंसिर २०७८, मंगलवार

काठमाडौं । सभापति चयनका लागि कांग्रेसको दोस्रो चरणमा भएको मतदानको गणना मंगलबार राति १० बजेपछि हुने भएको छ ।

राति ८ बजे मतदान सकिने अनुमानसहित १० बजेपछि मतगणना हुने निर्वाचन समितिका सदस्य तेज बहादुर रावलले जानकारी दिए । पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदानमा गएको हो । मतदान अहिले प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा चलिरहेको छ ।

सभापतिका लागि शेरबहादुर देउवा र शेखर कोइराला प्रतिस्पर्धा छन् । कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनमा भने देउवा, कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रत्याशी थिए ।

पहिलो चरणमा देउवाले २२५८ मत पाएका थिए । त्यस्तै, कोइरालाले १७०२, निधिले २४९, सिंहले ३७१ र गुरुङले २२ मत पाए । देउवालाई सिंह, निधि र गुरुङले समर्थन गर्ने जनाएकाले देउवा सभापतिमा पुनस् निर्वाचित निश्चितप्रायस् छ ।

प्रतिक्रिया दिनुहोस्