देउवा जित नजिक, अब जित्न मात्रै ५४२ मत ल्याउनुपर्ने


ओकेजनता डेस्क
२८ मंसिर २०७८, मंगलवार

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनको मतगणना चलिरहेको छ ।

राष्ट्रियसभा गृहमा चलिरहेको मतगणनामा शेरबहादुर देउवाको अग्रता कायमै छ । हालसम्म ३ हजार ७ ससय ७९ मत गणना भएको छ, जसमा देउवाले १७९८ मत कटाएका छन् ।

उनले १७९८ मत पाउँदा अर्का उम्मेदवार शेखर कोइरालाले १४१३ मत पाएका छन् । प्रकाशमान सिंहले २८६ र विमलेन्द्र निधिले २०१ मत पाउँदा कल्याण गुरुङले १९ मत पाएका छन् । हालसम्म ६३ मत बदर भएका छन् ।

प्रतिक्रिया दिनुहोस्