देउवा यस्तो सन्देश बोकेर पौडेल भेट्न बोहराटारमा


ओकेजनता डेस्क
२६ मंसिर २०७८, आईतवार

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेका छन् । सभापतिका उम्मेदवारी दर्ता गरेपछि शनिबार साँझ प्रधानमन्त्री समेत देउवा पौडेललाई उन निवास बोहोराटारमा पुगेका थिए ।

पौडेलको सचिवालयका अनुसार भेटमा देउवाले उनलाई राजनीतिबाट बाहिर हुने कुरा नगर्ने आग्रह गरेका थिए । राष्ट्रका लागि पौडेलको आवश्यकता रहेको देउवाले भनेका थिए । आफ्नो सिद्धान्त र आदर्श विपरीत अस्वस्थ प्रतिष्पर्धा हुने देखेर महाधिवेशनको प्रक्रियाबाट आफू बाहिरिएको पौडेले बताएका थिए ।

उनले देउवालाई स्वस्थ प्रतिस्पर्धा गर्न आग्रह गरेका थिए । पौडेलले १४ औं महाधिवेशनमा कुनै पदमा उम्मेदवारी दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्