सार्वजनिक बसमा किशोरी बलात्कृत !


ओकेजनता डेस्क
१८ आश्विन २०७७, आईतवार

काठमाडौं । सार्वजनिक बसभित्र किशोरीलाई बलात्कार गर्ने दुईजना पक्राउ परेका छन् ।

सार्वजनिक बसमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ भने एक जना फरार छन् ।

महानगरीय प्रहरी परिसर, भक्तपुरका अनुसार सिन्धुपाल्चोकको साँगाचोक गढी नगरपालिका वडा नम्बर १० घर भएका २२ वर्षीय निरकुमार खड्का र अर्का एक व्यक्ति पक्राउ परेका हुन् ।

भक्तपुर–८, कालाँचामा रोकिराखेको बा ३ ख २६१२ नम्बरको बसमा चालक खड्कासहित तीन जनाले जबरजस्तीकरणी गरेको किटानी जाहेरी परेको छ ।

जाहेरीको आधारमा महानगरीय प्रहरी वृत्त, जगातीले दुईजनालाई पक्राउ गरेको हो ।

घटनामा फरारको खोजी भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्