गजल : मेरी सानु


ओकेजनता डेस्क
२४ मंसिर २०७८, शुक्रबार

यो शासन कति चल्छ चल्न देउ सानु
दुनियाँ जति जल्छ जल्न देउ सानु

हाम्रो माया भर्खर कोपिला मै छ
उनको माया जति फल्छ फल्न देउ सानु

हामीले आफ्नो माया गोडमेल गरि खाने हो
बडेमाको पर्खाल ढले ढल्न देउ सानु

हामीले भगवान् ढोगी लाएको माया हो
लाख बत्ति जति बल्छ बल्न देउ सानु

हामीलाई एक अर्काको भरोसा छ हेर
भाग्यले जति छल्छ छल्न देउ सानु

जात हेरी हामीलाई छुटाउन खोज्दै छन
दल्छन भने कालो मोसो दल्न देउ सानु

!!!

हाम्रो लागि यो समाजले सातदल जुटाएनी
कति जोड्छन तुनामुना जोड्न देऊ सानु

एक हैन सातौ जुनि हामी एकै हो
गुन्डा लगाई कति कुट्छन कुटाउन देउ सानु

चोखो माया गरी मैले के भुल गरे आमा
माया गरे थर मेटाए मेटाउन देउ सानु

छुटाउन अदालतमा मुद्दा दिए अरे
पैसा खाई केस मेटाउलान मेटाउन देउ सानु

दीपक संगम विश्वकर्मा
टीकापुर, कैलाली

प्रतिक्रिया दिनुहोस्