जब देउवा झुक्किए हलभरी हाँसो गुञ्जिरह्यो…

ओकेजनता डेस्क
२३ मंसिर २०७८, बिहीबार

काठमाडौं । बिहीबार बिहान लैनचोर बैंक्वेटमा नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतलले लेखेको पुस्तक विमोचन कार्यक्रम थियो।

पुस्तक विमोचन गर्न प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निम्त्याइएको थियो। पार्टीको १४ औं महाधिवेशनको पूर्वसन्ध्यामा पुस्तक विमोचन गर्नुको तात्पर्य आफ्नो चुनावी प्रचार भएको स्पष्ट हुन्थ्यो।

बिहान साढे ८ बजे पुस्तक विमोचनको कार्यक्रम तय भए पनि प्रधानमन्त्री देउवा झन्डै डेढ घन्टापछि मात्रै कार्यक्रमस्थल आएका थिए।

महतले सुरूमा सम्बोधन गरे। उनले देउवाको गुनगान गाए, पार्टीले गरेका राम्रा कामको पनि बखान गरे। अन्तिमका वक्ता थिए, प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा।

उनले सुरूमै प्रकाशशरण भन्ने ठाउँमा रामशरण महत भनेपछि हलमा हाँसो गुञ्जियो। लगत्तै देउवाले आफ्नो बोली सच्याए। थोरै भूमिका बाँधे।

’रामशरणसँग सधैं जसो कुरा भइरहन्छ र बुधबारमात्रै कुरा भएको थियो, म झुक्किएँ’, आफू झुक्किनुको कारण उनले यसरी बताए। त्यसपछि फेरि हलमा हाँसो गुञ्जियो।

त्यसपछि देउवाले पार्टीको १४ औं महाधिवेशनतर्फ कुरा मोडे। पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतान्त्रिक प्रक्रियामात्रै भएको हुँदा यसलाई सहज रूपमा लिन आग्रह गरे।

’पार्टीभित्रको जित–हार सामान्य कुरा हो, यसलाई सबैले सहज रूपमा लिन र स्वीकार्नुपर्छ’, उनले भने।

झन्डै ७ मिनेट जति सम्बोधन गरेका देउवाले सबैलाई सौहार्दपूर्ण रूपमा अधिवेशन सम्पन्न गर्नतर्फ लाग्न आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्