कांग्रेस पौडेल पक्षबाट सभापतिमा युवा नेतामा सहमती गरिदै, थापा अगाडि


ओकेजनता डेस्क
२३ मंसिर २०७८, बिहीबार

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय युवा नेताबीच छलफल सुरु भएको छ ।

विहीबार विहान ९ : ४५ बजेबाट बत्तीसपुतलीमा सभापति उम्मेदवार छनोटमा विकल्पसहितको दबाब सिर्जनाका लागि बैठक बसिरहेको नेता जीवन परियारले बताए ।

मंगलबारबाट घनिभूत छलफलमा रहेको पौडेल पक्षले सभापतिमा साझा उम्मेदवार तय गर्न सकेको छैन। मंगलबार सभापतिका दाबेदारसहित केन्द्रीय नेताहरुको छलफल भएको थियो भने बुधबार विहान पौडेल पक्षका केन्द्रीय सदस्य, प्रदेश सभापति, जिल्ला सभापतिहरूको भेलाले पनि सभापतिमा साझा उम्मेदवार चयनका लागि दबाब दिएको थियो ।

तर बुधबार साझा सभापतिका दाबेदार नेता पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइरालाबीच भएको छलफलमा पनि साझा उम्मेदवार तय हुन सकेन ।

नेता पौडेल र महामन्त्री कोइराला सहमतिका लागि लचिलो देखिएपछि प्रकाशमान र शेखरले अड्डी खसेपछि साझा उम्मेदवार चयनमा अड्चन खडा भएको छ । उनीहरु दुबै जना आफू बाहेकका नाममा सहमति गरेर जान तयार नभएपनि पौडेल समूहमा सकस परेको छ ।

त्यसको गाँठो फुकाउने प्रयासका लागि अहिले युवा नेता छलफलमा जुटेको परियारको भनाइ छ । बत्तीसपुतलीको बैठक सकिएपछि सभापतिका दाबेदार नेताहरुसहितको छलफल बस्ने उनको भनाइ छ ।

आज सहमति नभए आफू हस्तक्षेप गर्न बाध्य हुने पनि युवा नेताको चेतावनी छ ।

प्रतिक्रिया दिनुहोस्