हेलिकप्टर दुर्घटनामा सेनाका प्रमुखसहित १४ जनाको मृत्यु, यस्तो अवस्थामा थिए प्रमुख रावत


ओकेजनता डेस्क
२२ मंसिर २०७८, बुधबार

काठमाडौं । भारतको तलिमनाडुस्थित कुन्नुरको जंगलमा भएको सेनाको एमआई–१७ हेलिकप्टर दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ ।

चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत, उनकी पत्नी मधुलिकासहित सेनाका १४ अफिसरको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जनरल रावतको स्थिति केही समयसम्म गम्भीर रहेको न्युज एजेन्सी एएनआईले जनाएको थियो ।

अन्तत उनको पनि मृत्यु भएको छ । दुर्घटनामा रहेका अधिकांश शवहरु जलेका थिए । रक्षामन्त्री राजनाथ सिंहले बुधबार घटनाबारे संसद्लाई जानकारी गराउनुभएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

रावत सन् २०२० जनवरी १ मा देशको पहिलो चिफ अफ डिफेन्स स्टाफ नियुक्त हुनुभएको थियो । वायु सेनाले घटनाको कारण पत्ता लगाउन जाँचको आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्