कानाचौरमा दश जनाद्वारा कांग्रेस परित्याग गरी नेकपा प्रवेश


ओकेजनता डेस्क
१८ आश्विन २०७७, आईतवार

काठमाडौं । पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डोटीले कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई तीब्रता दिएसँगै नगर, गाउँपालिका, वडामा समेत भेटघाटलाई तीब्र पारिएको छ ।

कोरोना जोखिमका कारण लामो समय जनतासाँग भेटघाट नभएपछि नेकपाले यो अभियानको थालनी गरेको हो ।

सोही अभियान अन्तर्गत बोगटान–फुड्सिल गाउँपालिका वडा नम्बर ३ कानाचौरमा नेकपाका कार्यकर्ता भेटघाट तथा प्रशिक्षण सम्पन्न भएको छ । नेकपा वडा संगठन कमिटीको समिक्षा तथा आगामी कार्यदीशाका बारेमा छलफल भएको थियो ।

प्रशिक्षण कार्यक्रम पश्चात नेपाली कांग्रेस परित्याग गरेर १० जना जुझारु युवा नेकपा प्रवेश गरेका छन् ।

कार्यक्रममा बोगटान–फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल बहादुर गडसिलालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्