भारतीय सेना प्रमुख विपिन रावतसहित १४ जना सवार हेलिकप्टर दुर्घटःनाग्रस्त


ओकेजनता डेस्क
२२ मंसिर २०७८, बुधबार

काठमाडौं । भारतीय सेना प्रमुख विपिन रावत सवार हेलिकप्टर दुर्घःटना भएको छ । तमिलनाडुको कुन्नुरमा हेलिकोप्टर दुर्घटःनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उक्त हेलिकोप्टरमा सेनापति रावतसहितका परिवार पनि सवार थिए । भारतीय सञ्चारमाध्यमहरूका अनुसार दुर्घटनामा परेका सेनाका वरिष्ठ अधिकारीहरूलाई उद्धार गरी अस्पताल लगिएको छ ।

भारतीय सेनाले भने अहिलेसम्म दुर्घटनाका बारेमा औपचारिक जानकारी दिएको छैन । दुर्घटना के कारणले भयो भन्ने पनि अहिलेसम्म केही खुलेको छैन । हेलिकप्टरमा १४ जना सवार रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्