ओलीले ल्याए एमालेको शक्ति विभाजनमा नयाँ खाका


ओकेजनता डेस्क
२१ मंसिर २०७८, मंगलवार

काठमाडौं । भर्खरै चितवनमा दशौँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै एमालेमा खुसीयाली छाएको छ । यद्यपि धेरै नेता, कार्यकर्ताहरु निराश पनि भएका छन् । केही विद्रोही शैली भएका नेताहरु पार्टीमा भएकोले अध्यक्ष केपी शर्मा ओली झस्किरहन्छन् ।

एमालेको सम्पूर्ण शक्ति आफ्नो वरिपरि बनाएका ओली अब भने पार्टीलाई थप सशक्त बनाएर लैजाने सोचमा पुग्नुभएको छ । आफैसँग अध्यक्षमा पराजित भएका भीम रावलको व्यवस्थापन ओलीका लागि सकस बनेको छ । रावललाई स्थायी कमिटीमा पनि नसमेट्ने संकेत गरेका ओलीले रावललाई घुर्की मात्रै लगाएको विश्लेषण हुन थालेको छ ।

सुदूरपश्चिम प्रदेशमा पनि आफ्नो प्रभुत्व जमाउन नसकेका रावललाई ओलीले पत्याउन छोडेको केही एमाले नेताको तर्क छ । हिजोका दिनमा रावललाई काँध थापेका सबै नेता, कार्यकर्ताहरु नेकपा एकीकृत समाजवादीतिर लागेका छन् ।

अहिले माओवादी निकट नेताहरुलाई आफ्नो पक्षमा ल्याएर लेखराज भट्टले एमालेलाई चलायमान बनाउन खोजिरहेका छन् । भिन्न पृष्ठभूमिबाट आएका भट्टलाई पनि एमाले कार्यकर्ताहरुले एक बिन्दुमा पुगेर धोका दिनसक्ने आंकलन हुन थालेको छ ।

पार्टी अध्यक्ष ओलीले रावलका प्रतिद्वन्द्वीहरुको कुरा सुनेर उनलाई पाखा लगाउन थालेको विश्लेषण हुन थालेको छ ।

भर्खरै चितवनमा दशौँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै एमालेमा खुसीयाली छाएको छ । यद्यपि धेरै नेता, कार्यकर्ताहरु निराश पनि भएका छन् । केही विद्रोही शैली भएका नेताहरु पार्टीमा भएकोले अध्यक्ष केपी शर्मा ओली झस्किरहन्छन् ।

एमालेको सम्पूर्ण शक्ति आफ्नो वरिपरि बनाएका ओली अब भने पार्टीलाई थप सशक्त बनाएर लैजाने सोचमा पुग्नुभएको छ । आफैसँग अध्यक्षमा पराजित भएका भीम रावलको व्यवस्थापन ओलीका लागि सकस बनेको छ । रावललाई स्थायी कमिटीमा पनि नसमेट्ने संकेत गरेका ओलीले रावललाई घुर्की मात्रै लगाएको विश्लेषण हुन थालेको छ ।

सुदूरपश्चिम प्रदेशमा पनि आफ्नो प्रभुत्व जमाउन नसकेका रावललाई ओलीले पत्याउन छोडेको केही एमाले नेताको तर्क छ । हिजोका दिनमा रावललाई काँध थापेका सबै नेता, कार्यकर्ताहरु नेकपा एकीकृत समाजवादीतिर लागेका छन् ।

अहिले माओवादी निकट नेताहरुलाई आफ्नो पक्षमा ल्याएर लेखराज भट्टले एमालेलाई चलायमान बनाउन खोजिरहेका छन् । भिन्न पृष्ठभूमिबाट आएका भट्टलाई पनि एमाले कार्यकर्ताहरुले एक बिन्दुमा पुगेर धोका दिनसक्ने आंकलन हुन थालेको छ ।

पार्टी अध्यक्ष ओलीले रावलका प्रतिद्वन्द्वीहरुको कुरा सुनेर उनलाई पाखा लगाउन थालेको विश्लेषण हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्