भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय, शैक्षिक संस्था आजदेखी ३ दिन बन्द


ओकेजनता डेस्क
२१ मंसिर २०७८, मंगलवार

काठमाडौं । प्रदेश २ सरकारले विवाह पञ्चमीको अवसरमा बुधबार (भोलि) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

शुक्रबारबाट सुरु भएको सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव अन्तर्गत बुधवार वैवाहिक कार्यक्रम रहेकाले सो दिन प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

त्यस्तै जनकपुरधाम उपमहानगरपालिकाले पनि नगरभित्र रहेका सरकारी तथा निजी विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

विवाह पञ्चमी महोत्सवको उपलक्ष्यमा मंगलबारदेखि बिहीबारसम्म नगर क्षेत्रका शिक्षण संस्था बन्द गर्ने निर्णय भएको जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख मेहिलाल यादवले जनाए ।

विवाह पञ्चमीको मेलाका कारण हुने भिडभाडलाई मध्यनजर गर्दै जनकपुरधाम उपमहानगरभित्रका सामुदायिक, निजी विद्यालय तथा शिक्षण संस्थाहरुलाई मंसिर २१ गतेदेखि २३ गतेसम्म बिदा दिने निर्णय भएको उनले बताए ।

प्रदेश २ सरकारले विवाह पञ्चमीको अवसरमा बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शुक्रबारबाट सुरु भएको सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव अन्तर्गत बुधवार वैवाहिक कार्यक्रम रहेकाले सो दिन प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

त्यस्तै जनकपुरधाम उपमहानगरपालिकाले पनि नगरभित्र रहेका सरकारी तथा निजी विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

विवाह पञ्चमी महोत्सवको उपलक्ष्यमा मंगलबारदेखि बिहीबारसम्म नगर क्षेत्रका शिक्षण संस्था बन्द गर्ने निर्णय भएको जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख मेहिलाल यादवले जनाए ।

विवाह पञ्चमीको मेलाका कारण हुने भिडभाडलाई मध्यनजर गर्दै जनकपुरधाम उपमहानगरभित्रका सामुदायिक, निजी विद्यालय तथा शिक्षण संस्थाहरुलाई मंसिर २१ गतेदेखि २३ गतेसम्म बिदा दिने निर्णय भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्