भुपेन्द्र बडुवाल हःत्यामा संलग्न १५ जनालाई बाचुञ्जेल कैःद


ओकेजनता डेस्क
२० मंसिर २०७८, सोमबार

काठमाडौं । तिहारलगत्तै सञ्चारमाध्यममा कैलालीको टीकापुरमा एक अपरिचित युवकको हःत्याले निकै चर्चा पायो । पछि ती युवकको परिचय खुल्यो, उनी थिए लम्कीचुहा नगरपालिका–१ का २३ वर्षिय भुपेन्द्र बडुवाल ।

बडुवाल ग्ःयाङ फाइःटको सिःकार भएका थिए । उनको गत कात्तिक २३ गते राति पौने ९ बजे आफ्नै साथीहरुको षड्यःन्त्रमा लखेटी लखेटी खुःकुरी र चःक्कु प्रहार गरेर हःत्या भएको थियो । टीकापुर नगरपालिका–१ मा रहेको सिद्धार्थ होटलनजिकै कौशी देवी विष्टको आँगनमा उनीमाथि आःक्रमण भएको थियो । उनलाई घःटना भएको ६ मिनेटमा नै प्रहरीले टीकापुर अःस्पताल पुर्यायो । तर करिब साढे नौ बजे उनको मृःत्यु भएको अस्पतालले पुष्टि गरेको थियो ।

कैलालीका प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीका अनुसार घटनामा परिचालित २१ जनामध्ये प्रायः सबै प्लस टु अध्ययनरत युवकहरु छन् । उनीहरुमध्ये धेरैलाई प्रहरीले पःक्राउ गरिसकेको छ ।

पःक्राउ पर्नेहरुमा लम्कीचुहा नगरपालिका–३ चिसापानी बस्ने २३ वर्षीय महेश रावल, २० वर्षीय धीरज भन्ने दीपेन्द्र शाही, २० वर्षीय आर्यन देवकोटा, १९ वर्षीय मदन शाही, सोही नगरपालिका–१ का २२ वर्षीय कपिल श्रेष्ठ, २८ वर्षीय दीपक, गोलु भनिने निशान्त मल्ल, वडा ५ का २८ वर्षीय विकास खड्का रहेका छन् ।

त्यस्तै, टीकापुर नगरपालिका–१ का २३ वर्षीय प्रविण रिमाल, बर्दिया राजापुर नगरपालिका–७ का २१ वर्षीय रोहित आले, २५ वर्षीय सोहन शाह, बर्दगोरिया गाउँपालिका–२ का २५ वर्षीय लोकेन्द्र कुँवर र बर्दिया ठाकुरबाबा नगरपालिका–३ गोदाना बस्ने २६ वर्षीय सन्तोष भन्ने सविनजंग शाही पनि पःक्राउ परेका छन् ।

केही अःभियुक्त भने फराःर छन् । फराःर रहेकाहरुमा लम्कीचुहा नगरपालिका–३ चिसापानी बस्ने २७ वर्षीय नविन रावल, २६ वर्षीय अनुज भन्ने चिरन्जीवी जंग शाही, २६ वर्षीय हिमाल शाही, जानकी गाउँपालिका–६ का २८ वर्षीय जयन्द्र शाह, टीकापुर नगरपालिका–१ का २७ वर्षीय विकास शेरचन, लम्की चुहा–४ का २४ वर्षीय रोशनबहादुर शाही र टीकापुर–६ का ३५ वर्षीय अशोक रावल छन् । यस्तै, लम्की चुहा–३ का ३२ वर्षीय लोकजंग शाही र बर्दिया, गेरुवा गाउँपालिका–५ बस्ने २२ वर्षीय हेमन्त शाही पनि अझै फःरार छन् ।

भुपेन्द्रको हःत्यामा संलग्न नविन रावल, दीपेन्द्र शाही भनिने धीरज, मदन शाही, विकास खड्का, विकास श्रेष्ठ, आर्यन देवकोटा, निशान्त मल्ल, प्रविन रिमाल, रोहित आले, सोहन शाह, लोकेन्द्र कुँवर, सविनजंग शाही, चिरन्जीवी शाही, हिमाल शाही, रोशन शाही, अशोक रावल र हेमन्त शाही गरी १५ जनालाई जन्मःकैदको सःजाय माग गरी अदालतमा मुःद्धा दर्ता गरेको डिएसपी जोशीले बताए ।

डिएसपी जोशीका अनुसार ती १५ जनालाई मुलुकी अपराध संहिता २०७४ को दफा १७७९२० बमोजिम जीवित रहेसम्म जेःल सःजाय माग दाबी गरिएको हो । हःत्याका मुख्य योजःनाकार भनिएका लोकजंग शाही, महेश रावल, कपिल श्रेष्ठ र जयन्द्र शाहलाई दफा १७७ (१) बमोजिम दफा १७७ (२) कसुरमा जन्मःकैद सजायको माग अदालतमा गरिएको जोशीले बताए ।

हःत्यामा मतियार भएका लोकेन्द्र कुँवर र सविनजंग शाहीलाई दफा ३६ (३) क बमोजिम कसुर गरेसरह दफा ३६ को (१) र (२) कसुरमा जःन्मकैदको सःजाय माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्