कांग्रेसको केन्द्रीय सदस्यमा लोकप्रिय यूवा नेता सुनारको उम्मेद्वारी घोषणा


ओकेजनता डेस्क
१९ मंसिर २०७८, आईतवार

काठमाडौं । नेपाली काँग्रेस नेता डम्बर बहादुर सुनार (डीबी)ले आसन्न १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

सुनारले शनीबार धनगढी कैलालीमा पत्रकार सम्मेलन गरी दलित आरक्षण कोटामा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् ।

अछाम क्षेत्र नं १ बाट महाधिवेशन प्रतिनिधिमा निवार्चित सुनार युवाहरुको आवाज सम्बोधन गर्नका आफ्नो उम्मेदवारी रहेको बताए ।

नेपाली काँग्रेसको १४ महाधिवेशन यही मंसिर २४ गतेदेखि काठमाडौंमा हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्