एमालेमा रावल र भुसाललाई दिइयो यतिठूलो जिम्मेवारी


ओकेजनता डेस्क
१७ मंसिर २०७८, शुक्रबार

काठमाडौं । नेकपा एमालेका प्रभावशाली नेता डा. भीम रावल र धनश्याम भुसलालाई पार्टीमा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पार्टीभित्र आन्तरिक छलफल भइरहेको एमाले नेताहरुले बताएका छन् ।

एमाले दशौँ महाधिवेशनबाट अध्यक्ष र उपाध्यक्षमा पराजित भएका रावल र भुसाललाई पार्टीको निर्णायक तहमा जिम्मेवारी दिनुपर्ने आन्तरिक दबाब रहेकोले अध्यक्ष केपी शर्मा ओलीले छलफल थालेका छन् ।

डा. रावललाई पार्टीको वरिष्ठ नेता र भुसाललाई पार्टीको विधि, विधान र पद्धतीका विषयमा पैरवी गर्ने गरी जिम्मेवारी तोकिन लागेको एमाले स्रोत बताउँछ । पार्टीलाई चलायमान बनाउनका निम्ति दुवै नेताको अभाव रहने भन्दै तल्लो तहका नेताहरुले अध्यक्ष ओलीलाई दबाब दिएका छन् ।

अहिले रावल र भुसाल मौन बसेका छन् । पार्टीमा उनीहरुको भूमिकाबारे अनविज्ञता रहेको छ । रावल लामो समय सत्ताको बागडोर सम्हालेका व्यक्ति हुन् भने भुसाल वैचारिक र सिद्धान्तमा निष्ठा राख्ने नेता हुन् ।

कार्यकर्ताहरुको रोजाइमा परेका यी दुई अनुहारलाई दशौँ महाधिवेशने पन्छ्याउँदा एमालेमा लोकतान्त्रिक विधि, पद्धतीको कमि हुँदै गइरहेको विश्लेषकहरु बताउँछन् । प्यानल नबनाउने र निर्वाचनमा प्रचार नगर्ने एमालेको विधानमा उल्लेख हुँदाहुँदै अन्ततः ओली पक्षले मतदान नगर्नुपर्ने व्यक्तिहरु भन्दै पर्चा बाँडेपछि लोकतन्त्रको उपहास भएको धेरैको विश्लेषण छ ।

यद्यपि, एमालेको दशौँ महाधिवेशनमा ओलीको क्रेज भने निकै उचाइमा पुगेको थियो । पूर्वमाओवादी पृष्ठभूमिका नेताहरुको पनि एमालेमा सम्मानजनक स्वागत गरिएको छ । ओलीले दिएको बचन पनि पूरा गरेका छन् ।

एमालेभित्र गिजोलिँदै गएको राजनीतिले महाधिवेशनपछि थप अस्थिरता निम्त्याएको धेरैको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस्