कक्षा १२ मा शान्ता फेल, करिश्मा पास

ओकेजनता डेस्क
१७ मंसिर २०७८, शुक्रबार

काठमाडौं । नेकपा एमालेकी सांसद शान्ता चौधरीले कक्षा १२ को रिजल्ट लिष्टमा आफ्नो सिम्बोल नम्बर नभेटेको बताएकी छिन् ।

गत असोज ८ गतेदेखि भएको कक्षा १२ को परीक्षामा उनले नयाँ बानेश्वरको रत्न राज्यलक्ष्मी उच्च माविको होम सेन्टरबाट परीक्षा दिएकी थिइन् ।

सांसद चौधरीले रिजल्ट आएपनि आफूले सिम्बोल नम्बर नभेटेको र पास फेलबारे पछि फोन गरेर जानकारी दिने बताइन् । उनले समाजशास्त्र विषय लिएर अध्ययन गरेकी थिइन् ।

प्रतिनिधिसभा सदस्य तथा एमाले संसदीय दलकी सचेतक समेत रहेकी पूर्वकमलरी चौधरीले १८ वर्ष कमलहरी बस्दा पढ्न पाएकी थिइनन् । उनले २०७६ सालमा एसईई परीक्षा पास गरेकी थिइन् ।

नायिका करिश्मा मानन्धरले कक्षा १२ को खुड्किलो पार गरेकी छन् । आज प्रकाशित नतिजाअनुसार उनले ‘बी प्लस’ ग्रेडसहित १२ कक्षा उत्तिर्ण गरेकी हुन् ।

आफुले सोचेअनुसारकै नतिजा आएको करिश्माले नेपाल प्रेससँग बताइन् । उनका अनुसार दुईवटा विषयमा एप्लस आएको छ भने समग्रमा बी प्लस आएको छ ।

‘औसत नतिजा आएको छ, मैले त्यति नै अपेक्षा गरेको थिएँ,’ करिश्माले भनिन् । करिश्माको जीपीए २.४१ रहेको छ । उनले अब पढाइलाई निरन्तरता दिने बताइन् ।

करिश्माले गोदावरीस्थित किटिनी माविबाट १२ कक्षाको परीक्षा दिएकी थिइन् । आफूले चाहेको विषय उपलब्ध भएमा त्यही कलेजमा स्नातक तह अध्ययन गर्ने उनको सोच छ ।

प्रतिक्रिया दिनुहोस्