आज ओली एमालेको केन्द्रीय कार्यालयमा यसरी देखिने…


ओकेजनता डेस्क
१७ मंसिर २०७८, शुक्रबार

काठमाडौं । दोस्रो कार्यकालका लागि निर्वाचित भएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज केन्द्रीय कार्यालयमा पदबहाली गर्ने भएका छन् ।

एमाले पार्टी कार्यालय सचिव तथा नवनिर्वाचित केन्द्रीय सदस्य शेरबहादुर तामाङले दिएको जानकारीअनुसार अध्यक्ष ओली आज दिउँसो १ बजे माइतीघरस्थित पार्टी केन्द्रीय कार्यालय पुगेर पदभार ग्रहण गर्नेछन् ।

चितवनमा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनमार्फत भीम रावललाई भारी मतान्तरले पराजित गरी ओली दोस्रो कार्यकालका लागि एमाले अध्यक्षमा निर्वाचित भएका थिए ।

एमालेले नवनिर्वाचित नेताहरुको कार्यविभाजन, स्थायी र पोलिटब्यूरो कमिटी गठनलगायतका काम टुंग्याउन संमिर २४ र २५ गते केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्