राप्रपाको महामन्त्रीमा रेखाको उम्मेद्वारी, रातारात यूटर्न


ओकेजनता डेस्क
१६ मंसिर २०७८, बिहीबार

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको महामन्त्रीमा अभिनेत्री रेखा थापाले उम्मेदवारी दिने भएकी छन् । बुधबारदेखि काठमाडौंमा सुरु भएको एकता महाधिवेशनसँगै उम्मेदवारी घोषणाको क्रम सुरु भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा मा ६ जना महामन्त्री रहने विधानमा प्रस्ताव गरिएको छ । विधानअनुसार नै रेखा थापाले महिलातर्फ आफ्नो दाबेदारी प्रस्तुत गरेकी हुन ।

उनले राजेन्द्र लिङ्देन प्यानलबाट उम्मेदवारी दिने भएकी हुन् ।अध्यक्षमा कमल थापा र लिङ्देनले उम्मेदवारी घोषणा गरिसकेका छन्। अध्यक्षका अर्का प्रत्यासी कमल थापाको प्यानलबाट महामन्त्रीमा कुन्ति शाहीले उम्मेद्वारी दिने घोषणा गरिसकेकी छन् ।

अहिले राप्रपामा नेतृत्व परिवर्तनको आवाज चर्किएको छ । महाधिवेशन मंसिर १७ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्