ओलीको दौडधुप : घनश्यामलाई महत्वपूर्ण जिम्मेवारी, बामदेवलाई कोटा


ओकेजनता डेस्क
१६ मंसिर २०७८, बिहीबार

काठमाडौं । आफू दोस्रोपटक एमालेको नेतृत्वमा आएका अध्यक्ष केपी शर्मा ओलीले गुटको राजनीतिबाट बिदा लिँदै सिंगो एमाले एकताको झण्डा उठाएका छन् । ओलीले आफूबाट रिसाएर टाढा भएका नेताहरुलाई पनि रिझाउने तयारी गरेका छन् ।

एमालेबाट अलग्गिन खोजिरहेका नेता बामदेव गौतम ओलीको पहिलो रोजाइमा परेको उनी निकट नेताहरु बताउँछन् । आराममा बसेका गौतम पुनः निर्वाचनमा होमिएर प्रतिनिधि बन्न चाहान्छन् । जसका लागि उनलाई एमालेको साथ सहज हुने देखिन्छ ।

एमालेको दशौँ महाधिवेशनबाट उपाध्यक्षमा पराजित घनश्याम भुसाललाई पनि महत्वपूर्ण भूमिकामा समेट्ने ओलीको तयारी छ । विचारको राजनीतिलाई आधारशीला बनाएका भुसाल एमालेको बौद्धिक नेताका रुपमा चित्रित छन् ।

घनश्याम भुसालले नेपाली कम्युनिष्ट र अन्तर्राष्ट्रिय जगतको अभ्यासलाई सहजै चित्रण गर्न सक्छन् । एमालेमा विचारको राजनीति हराइरहेका बेला भुसालको अभाव खड्किएको छ ।

आफू दोस्रोपटक एमालेको नेतृत्वमा आएका अध्यक्ष केपी शर्मा ओलीले गुटको राजनीतिबाट बिदा लिँदै सिंगो एमाले एकताको झण्डा उठाएका छन् । ओलीले आफूबाट रिसाएर टाढा भएका नेताहरुलाई पनि रिझाउने तयारी गरेका छन् ।

एमालेबाट अलग्गिन खोजिरहेका नेता बामदेव गौतम ओलीको पहिलो रोजाइमा परेको उनी निकट नेताहरु बताउँछन् । आराममा बसेका गौतम पुनः निर्वाचनमा होमिएर प्रतिनिधि बन्न चाहान्छन् । जसका लागि उनलाई एमालेको साथ सहज हुने देखिन्छ ।

एमालेको दशौँ महाधिवेशनबाट उपाध्यक्षमा पराजित घनश्याम भुसाललाई पनि महत्वपूर्ण भूमिकामा समेट्ने ओलीको तयारी छ । विचारको राजनीतिलाई आधारशीला बनाएका भुसाल एमालेको बौद्धिक नेताका रुपमा चित्रित छन् ।

घनश्याम भुसालले नेपाली कम्युनिष्ट र अन्तर्राष्ट्रिय जगतको अभ्यासलाई सहजै चित्रण गर्न सक्छन् । एमालेमा विचारको राजनीति हराइरहेका बेला भुसालको अभाव खड्किएको छ ।

 

प्रतिक्रिया दिनुहोस्