एमालेमा रावललाई यति ठूलो भूमिका, ओलीको निर्णयको स्वागत


ओकेजनता डेस्क
१६ मंसिर २०७८, बिहीबार

काठमाडौं । एमालेका प्रभावशाली नेता एवम् पूर्व गृह, रक्षमन्त्री डा. भीम रावललाई एमालेमा कसरी व्यवस्थापन गरिएला भन्ने सर्वत्र चाँसोको विषय बनेको छ । एमाले अध्यक्षका प्रत्यासी बनेका रावल केपी शर्मा ओलीसँग पराजित भएसँगै उनको व्यवस्थापनमा चुनौति थपिएको छ ।

एमालेको विधान अनुसार पदाधिकारीमा उम्मेद्वारी दिएको नेता स्वतः केन्द्रीय सदस्यको उम्मेद्वार बन्ने प्रावधान छ । सोही अनुरुप रावल केन्द्रीय सदस्य बनेका छन् । यद्यपि रावलले केन्द्रीय सदस्यको सपथ भने लिएनन् ।

यतिबेला रावललाई व्यवस्थापन गर्न निकै चुनौति भइरहेको एमाले निकट नेताहरु बताउँछन् । उसो त एमालेमै केपी शर्मा ओली निकट मानिएका पूर्व अनेरास्ववीयूका अध्यक्ष ऐन महरलाई पनि पछाडि पारिएको छ ।

ऐन महरले केन्द्रीय सदस्यमा दाबी गर्ने योजना बनाएको भएपनि ओलीको पेरिफेरिका केही नेताहरुले ब्याक गरेको बुझिएको छ । महरलाई यसपटकको निर्वाचनमा प्रतिनिधिसभाको लागि ओलीले उम्मेद्वार बनाउने तयारी गरेको बुझिएको छ ।  रावलको हकमा भने बिल्कुलै फरक छ । उनी अध्यक्षमा उम्मेद्वारी दिएर पराजित भइसकेका छन् ।

एमालेमा अन्तर्राष्ट्रिय जानकार, विदेशी दलहरुले पठाउने रणनीतिक योजनामा रावलको ठूलो भूमिका छ । पार्टीमा अन्तर्राष्ट्रिय दलहरुसँग समन्वय गर्नसक्ने क्षमता रावलमा मात्रै रहेको एमाले निकट नेताहरु बताउँछन् ।

ओली निकट नेताहरुका अनुसार रावलले अब महत्वपूर्ण भूमिका सम्हाल्नेछन् । पार्टी विधि, पद्धती र विधानको क्षेत्रमा खारिएका रावललाई ओलीले सप्राइज दिन चाहेका छन् ।

एमालेको विधान अनुसार पदाधिकारीमा उम्मेद्वारी दिएको नेता स्वतः केन्द्रीय सदस्यको उम्मेद्वार बन्ने प्रावधान छ । सोही अनुरुप रावल केन्द्रीय सदस्य बनेका छन् । यद्यपि रावलले केन्द्रीय सदस्यको सपथ भने लिएनन् ।

यतिबेला रावललाई व्यवस्थापन गर्न निकै चुनौति भइरहेको एमाले निकट नेताहरु बताउँछन् । उसो त एमालेमै केपी शर्मा ओली निकट मानिएका पूर्व अनेरास्ववीयूका अध्यक्ष ऐन महरलाई पनि पछाडि पारिएको छ ।

ऐन महरले केन्द्रीय सदस्यमा दाबी गर्ने योजना बनाएको भएपनि ओलीको पेरिफेरिका केही नेताहरुले ब्याक गरेको बुझिएको छ । रावलको हकमा भने बिल्कुलै फरक छ । उनी अध्यक्षमा उम्मेद्वारी दिएर पराजित भइसकेका छन् ।

एमालेमा अन्तर्राष्ट्रिय जानकार, विदेशी दलहरुले पठाउने रणनीतिक योजनामा रावलको ठूलो भूमिका छ । पार्टीमा अन्तर्राष्ट्रिय दलहरुसँग समन्वय गर्नसक्ने क्षमता रावलमा मात्रै रहेको एमाले निकट नेताहरु बताउँछन् ।

ओली निकट नेताहरुका अनुसार रावलले अब महत्वपूर्ण भूमिका सम्हाल्नेछन् । पार्टी विधि, पद्धती र विधानको क्षेत्रमा खारिएका रावललाई ओलीले सप्राइज दिन चाहेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्